नाडामा निसान गाडी बुकिङ्ग गर्दा मोबाइल उपहार, अन्य अफरहरु पनि छन्
काठमाडौं– निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरेको छ ।
निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ्ग गरेवापत ३१ हजार ९ सय ९९ बराबरको एमआई ८लाईट मोबाइल निःशुल्क दिने भएको छ ।
गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ ।
९५ हजार ९ सयसम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बिमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ । नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ ।
निसान गाडी तथा फेस्टिभ ड्राइभ योजनाको बारेमा थप जानकारीका लागि कृपया नाडा अटो शोको पायोनियर मोटोकर्प स्टल नं. आई२१ मा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण