अरबाजसँगको दोस्तीबारे मलाईकाले भनिन्, ‘उनी मेरो छोराको पिता हुन्, उनलाई नजरअन्दाज गर्न सकिँदैन’
मलाईका अरोडाले अरबाज खान उनको छोराको पिता भएकाले उनलाई उपेक्षित वा नजरअन्दाज गर्न नसकिने बताएकी छिन् । एक अन्तर्वार्तामा उनले यस्तो भनेकी हुन् । उनकी बहिनी अमृता पनि उनीसँगै थिइन् ।सम्बन्धविच्छेदपछि अरबाजसँग उनको र उनको बहिनीको सम्बन्धमा कुनै परिवर्तन आएको त छैन भनेर प्रश्न सोधिएको थियो ।
सम्बन्ध रातारात बन्दैनः मलाइका
जवाफमा मलाइकाले भनिन्, ‘सम्बन्ध रातारात बन्ने होइन । यो बन्न समय लाग्छ । यो सबैका लागि विशेष र व्यक्तिगत हुन्छ । तपाईं सम्बन्धलाई यत्तिकै तोड्न सक्नुहुन्नँ । यो स्वतन्त्र लगाव हो । जो मेरा अभिभावक, बहिनी र मेरा ज्वाईं (अमृताका श्रीमान्) सँग छ । अरबाजलाई उहाँहरुले यत्तिकै चिन्नुभएको त होइन नि । उनी मेरा अभिभावकका लागि छोराजस्तै छन्, बहिनी ज्वाईंका लागि साथीजस्तै छन्, परिवारजस्तै छन् । आखिर उनी मेरो छोराको पिता हुन् । उनलाई उपेक्षित वा नजरअन्दाज गर्न सकिँदैन ।’
‘सानीमासँग धेरै नजिक छन् छोरा’
मलाइका र अरबाजले सन् २०१७ मा आफ्नो सम्बन्ध समाप्त गरे । उनीहरुका १६ वर्षका छोरा छन् अरहान । अरहानले आफूसँग केही पनि नलुकाउने उनले बताइन् । मलाइकाले भनिन्, ‘उनकी एउटी प्रेमिका होस् वा १०, उनले यसबारे सबै कुरा अमृतालाई बताउँछ । उनी आफ्नी सानीमासँग निकै नजिक छन् ।’
अर्जुन कपुरसँगको सम्बन्धबारेः
मलाईकाले अर्जुन कपुरसँग आफ्नो सम्बन्धबारे भनिन्, ‘हाम्रो सम्बन्धबारे धेरै नै अफवाह र अड्कलबाजी सार्वजनिक हुन थालेको थियो । विशेषगरी हाम्रो विवाहबारे । त्यसैले हामीले आफ्नो सम्बन्धलाई स्विकार्ने निर्णय गर्यौं ।’
विवाहको प्रश्नबारे उनले भनिन्, ‘अहिले हामी एक–अर्कालाई बुझ्ने कोसिस गरिरहेका छौं । सबैलाई हाम्रो विवाहको किन यत्ति हतार ? जब हनेछ, तब सबैलाई थाहा भइहाल्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण