भाइरल भइरहेको थियो निक जोनसको सिंगल फोटो, प्रियंकाले एडिट गरिन् र त्यसपछि...
प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्रै नभई हलिउडका पनि पावर कपल्समा समावेश भइसकेका छन् । प्रियंका र निकको रोमान्टिक तस्बिर सोसल मिडियामा भाइरल भइरहन्छन् । दुबै बीचको बन्डिङ र केमेस्ट्रीको चर्चा अत्यधिक हुने गर्छ ।
प्रियंका र निक छायाको रुपमा एक–अर्काको साथमा रहन्छन् । यद्यपि, हालै एक अवार्ड कार्यक्रममा प्रियंका श्रीमान् निकसँग देखिइनन् । उक्त कार्यक्रममा जोनस ब्रदर्सले उनीहरुको नयाँ पप गीत ‘सकर’ का लागि अवार्ड पाए ।
अवार्ड कार्यक्रममा निक जोनस जोन जनस र केविन जोनससँग पुगेका थिए । दुबैका श्रीमती पनि श्रीमानलाई सपोर्ट गर्न पुगेका थिए । अवार्डको घोषणा भएलगत्तै जोकी श्रीमती सोफी टर्नर केविनकी श्रीमती ड्यानियलले आफ्ना श्रीमानलाई चुम्बन गरे । तर प्रियंका अनुपस्थित हुँदा निक एक्लै उभिए ।
कार्यक्रममा एक्लै उभिएका निकको तस्बिर सार्वजनिक भएलगत्तै सोसल मिडियामा चर्चित भयो । निकलाई यसरी एक्लो देख्दा सायद प्रियंकालाई राम्रो लागेन । यस्तोमा प्रियंकाले निकको भाइरल भइरहेको तस्बिरमा फोटोशप गरेर आफूलाई फिट गराइन् । प्रियंकाले निकसँग आफ्नो एडिटेड तस्बिर सोसल मिडियामा सेयर पनि गरिन् ।
फोटोमा प्रियंकाले निकलाई अँगालो हालिरहेको देखिएकी छिन् । निकसँगको आफ्नो एडिटेड फोटो सेयर गर्दै प्रियंकाले क्याप्सनमा लेखिन्, ‘म सधैं तिम्रो साथमा छु ।’
स्मरण रहोस्, प्रियंका आजकाल बलिउड प्रोजेक्ट द स्काई इज पिंकको रिलिजको प्रतिक्षा गरिरहेकी छिन् । फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी हुन् । फिल्ममा फरहान अख्तर, जायरा वसिम र रोहित सराफ मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण