पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो
लिमा– दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो ।
राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन् ।
यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ । ‘यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले बताए ।
क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए । उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए । ‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय । जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ क्यास्टिल्लोले भने ।
यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन् । कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ । हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो । यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो ।
पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए । पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्दछ । हुआनचाकिटोमा पनि अप्रिल २०१८ मा बली चढाइएका १४० जना बालबालिकाको अवशेष फेला परेको थियो ।
चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो । –एएफपी/photo:AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण