निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी
काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलवाड भएको बताएका हुन् । बैंकहरुमा आउने तरलताको संकट पनि बचतकर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु सञ्चालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेही बन्न पनि अर्थ मन्त्रीले आग्रह गरे । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २ वटा प्रदेश २ मा ५ वटा प्रदेश ३ मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुको उद्घाटन गरेका छन् । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण