तत्काल कार्यविधि सच्याउन सरकारलाई निधिको चेतावनी
काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् ।
राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरि कानुननै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन् । उनले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाइने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए ।
उनले भने, ‘कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो । त्यो पनि कानुनमै संशोधन गरेर । देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विरोधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न पाइँदैन । यो खतरनाक संकेत हो ।’
सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए । उनले सरकारले नया विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण