सरकारका प्रवक्ताले संसदमा ढाँटे
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे।
कन्फ्रेन्स अवधिभर कार्यबाहक प्रधानमन्त्रीलाई के गर्ने भन्ने निर्णय गरिने उनको भनाई छ।
मन्त्री बाँस्कोटाले दिल्ली, वाशिंटन, बेइजिङ जहाँबाट पनि भिडियो कन्फ्रेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउन उचित नहुने जिकिर गरे। मन्त्री बाँस्कोटाले अमेरिकी राष्ट्रपति र नेपालको प्रधानमन्त्रीबीच समेत भिडियो कन्फ्रेन्स हुने स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण