लिभरपुल र नापोली एउटै समूहमा

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको विभाजन बिहिबार राति गरिएको छ । समूह विभाजन अनुसार साविक विजेता लिभरपुल र इटालियन जाइन्ट किलर नापोली एउटै समूहमा छन् ।
स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) पनि एउटै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्ट्स र स्पेनिस टोली एट्लेटिको म्याड्रिड पनि एउटै समूहमा छन् । स्पेनिस महारथि बार्सिलोनाको समूहमा बोरुसिया डर्टमन्ड परेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिख र इङ्लिस टोली टोट्टनहाम पनि एउटै समूहमा छन् ।
समूह ‘ए’ मा पीएसजी, रियल म्याड्रिड, क्लब ब्रुज र गालाटासारे छ । समूह ‘बी’मा बायर्न म्युनिख टोट्टनहाम ओलम्पियाकोस र रेड स्टार बेलग्रेड छन् समूह ‘सी’ मा म्यानचेस्टर सिटी, साख्तार डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा परेको छ । समूह ‘डी’ मा युभेन्ट्स, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन र लोकोमोटीभ मस्को छ ।
इसैगरी समूह ‘ई’ मा लिभरपुल, नेपोली, एफसी साल्जबर्ग र गेन्क छ । समूह ‘एफ’ मा बार्सिलोना, बोरुसिया डर्टमन्ड, इन्टर मिलान र स्लाभिया प्राहा परेको छ । समूह ‘जी’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, ओलम्पिक लियोन र आरबी लेइपिजिज छ । समूह ‘एच’ मा चेल्सी, आयाक्स भ्यालेन्सिया र लोस्क लिल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन