लिभरपुल र नापोली एउटै समूहमा
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको विभाजन बिहिबार राति गरिएको छ । समूह विभाजन अनुसार साविक विजेता लिभरपुल र इटालियन जाइन्ट किलर नापोली एउटै समूहमा छन् ।
स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) पनि एउटै समूहमा परेका छन् । इटालियन च्याम्पियन युभेन्ट्स र स्पेनिस टोली एट्लेटिको म्याड्रिड पनि एउटै समूहमा छन् । स्पेनिस महारथि बार्सिलोनाको समूहमा बोरुसिया डर्टमन्ड परेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिख र इङ्लिस टोली टोट्टनहाम पनि एउटै समूहमा छन् ।
समूह ‘ए’ मा पीएसजी, रियल म्याड्रिड, क्लब ब्रुज र गालाटासारे छ । समूह ‘बी’मा बायर्न म्युनिख टोट्टनहाम ओलम्पियाकोस र रेड स्टार बेलग्रेड छन् समूह ‘सी’ मा म्यानचेस्टर सिटी, साख्तार डोनेस्क, डिनामो जाग्रेब र एट्लान्टा परेको छ । समूह ‘डी’ मा युभेन्ट्स, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन र लोकोमोटीभ मस्को छ ।
इसैगरी समूह ‘ई’ मा लिभरपुल, नेपोली, एफसी साल्जबर्ग र गेन्क छ । समूह ‘एफ’ मा बार्सिलोना, बोरुसिया डर्टमन्ड, इन्टर मिलान र स्लाभिया प्राहा परेको छ । समूह ‘जी’ मा जेनिट सेन्ट पिटर्सबर्ग, बेन्फिका, ओलम्पिक लियोन र आरबी लेइपिजिज छ । समूह ‘एच’ मा चेल्सी, आयाक्स भ्यालेन्सिया र लोस्क लिल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण