गौहत्या गरिएको भन्दै काँग्रेसको आपत्ति
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा जंगलमा २३ गाई मृत भेटिएको विषयमा छानविन गर्न माग गरेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँणले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकारसँग जोडदार माग गरेका हुन् ।
‘सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ,’ खाँणदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको काँग्रेस संसदीयको ठहर छ । प्रमुख सचेतक खाँणले भने, ‘यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो भन्दै गौहत्या कार्यप्रति काँग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण