नेपाल दक्षिण एसियाको उदाउँदो तारा
काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एसियाको उदाउँदो तारा भएको बताएका छन् ।
आज यहाँ मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्माणको कार्यलाई अघि बढ्दै गएकाले नेपाल दक्षिण एशियाकै उदाउँदो तारा हुने दाबी गरे ।
“राज्यको चरित्र लोक कल्याणकारी छ । वर्षौंदेखिको समस्या समाधान गर्न निश्चित सयम लाग्छ”, मन्त्री ज्ञवालीले भने । उनले सम्पूर्ण नेपाली जनताले मनोबल उच्च राखेमा विकास निर्माणका कार्यलाई अघि बढाउनेतर्फ हौसला मिल्ने धारणा व्यक्त गरे ।
मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले समाजवादबाट जनताको बहुदलीय जनवाद ल्याउनुपर्ने कुरा बताए । फाउण्डेशनका भेषराज अधिकारीले ऐतिहासिक भौतिकवादको दृष्टिबाट समाजलाई व्याख्या गर्नुपर्ने धारण व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण