गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको मुद्दा
बुटवल । प्युठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीविरुद्ध उनकी श्रीमतिले दोश्रो विवाह गरेको भन्दै बहुविवाहको मुद्दा दायर गरेकी छन् । उनकी श्रीमति सीता केसीले आफू हुँदाहँुदै कान्छी श्रीमति विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठान मार्फत जिल्ला अदालतमा बहुविवाहको मुद्दा दर्ता गराएकी हुन् ।
प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले अध्यक्ष गिरिविरुद्ध अदालतमा बहुविवाहको मुद्धा दर्ता भएको जानकारी दिए ।
डिएसी कार्कीले भने–‘उहाँकी श्रीमतिले जाहेरी दिए पछि गाउँपालिकाको अध्यक्ष कै घरमा हामी पुग्यौं । उहाँ भने सम्पर्कमा आउनु भएको छैन । हामीले अध्यक्ष गिरिको फोनमा सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।’
जाहेरी दिएकी गिरिकी श्रीमति सीताले आफूहरुले २०५७ सालमा विवाह गरेको र हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको बताइन् ।
श्रीमानले गत असार २९ गते प्युठान नगरपालिकाकी किशोरीसँग बिबाह गरेको जानकारी पाएपछि आफूले बहुविवाहको मुद्धा दर्ता गराएको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष गिरि नेपाली कांग्रेसबाट उमेदवारी दिएर विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण