गौहत्यामा संलग्नमाथि कारबाहीको माग
काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषी उपर कारवाहीको माग गरेको छ ।
सामुहिक गौहत्याको तत्काल छानविन गरी कडाभन्दा कडा कारवाहीको माग राप्रविसं (संयुक्त) ले गरेको छ ।
‘दोषी जोसुकै भए पनि आवश्यक छानविन गरी कानुनको दायरामा ल्याइनु पर्दछ । सरकारले तत्कालै कारवाही नगरेमा राष्ट्रिय अस्मिता जोगाउन हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं । यस्तो बाध्यात्मक कदमबाट उत्पन्न परिस्थितिको सरकार स्वयम जिम्मेवार हुनु पर्नेछ,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले भने ।
नेपालगंजबाट दैलेख लैजाने क्रममा १५० गाईमध्ये सुर्खेतको कटुवा जंगलमा २३ वटा गाई मृत भेटिएका थियो ।
संगठनका महासचिव विजय काफ्लेद्वारा शनिबार प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकै ठाउँमा त्यति ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण