सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीसँग एकीकरण कि महाधिवेशन : निर्णय गर्दै राजपा

आइतबार, १५ भदौ २०७६, १४ : ०२
आइतबार, १५ भदौ २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्षमण्डलको बैठक आज बस्दैछ ।

समाजवादी पार्टीसँग एकीकरण गर्ने कि नगर्ने, गर्ने हो भने पहिला महाधिवेशन गर्ने कि पहिला एकता गर्ने त्यस विषयमा छलफल आज छलफल हुने बताइएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा २ बजेदेखि बस्न लागेको अध्यक्षमण्डलको बैठकले नै समाजवादी पार्टीसँग एकीकरण हुने नहुने निश्चित गर्नेछ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले अध्यक्षमण्डलको बैठक बोलाउँदा अर्को पक्षले बहिष्कार गर्न थालेका थिए । त्यसपछि संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएका थिए ।


राजनीतिक समितिको बैठक पनि बहिष्कार गर्ने कुरा आएपछि अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले आफ्नो निवासमा बोलाएर छलफल गरेर तत्कालका लागि राजनीति समितिको बैठक स्थगित गरेर अध्यक्षमण्डलका छलफल गरी अगाडि बढने नेताहरुबीच सहमति गराएका थिए ।

सोही सहमति अनुसार भदौ १३ गते अध्यक्षमण्डलको बैठक बसेको थियो ।

उक्त बैठकमा विषय प्रवेश भएपनि केही निष्कर्ष निस्केको थिएन ।

राजपा नेपालका नेता गणेश नेपालीको निधन भएको कारण स्थगित भएको बैठक आज पुनः बस्न लागेको सो पार्टीका सहमहामन्त्री सञ्जय यादवले बताए ।

विभिन्न दलसँगको एकीकरण, पार्टीको महाधिवेशन तथा अगामी बैठकहरुको बारेमा छलफल गर्न आजको बैठक बस्न लागेको उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप