बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रस्तावित निजगढ विमानस्थल निर्माण रोकिँदैन : पर्यटनमन्त्री भट्टराई

आइतबार, १५ भदौ २०७६, १४ : १०
आइतबार, १५ भदौ २०७६

काठमाडौँ– प्रस्तावित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे केन्द्र सरकार र २ नम्बर प्रदेश सरकारबीच फरकफरक धारणा सार्वजनिक भएपछि यसको भविष्य के हुने भन्ने अन्यौल सिर्जना भएको छ । 

संघीय सरकार बाराको निजगढमै विमानस्थल बनाउने पक्षमा रहेको छ भने २ नम्बर प्रदेश सरकार निजगढमा विमानस्थल बनाउँदा लाखौँ रुख काट्नुपर्ने भन्दै त्यस स्थानको सट्टा अरु खाली जमिनमा विमानस्थल बनाउनुपर्ने सुझावसहित बारामा रुख काट्न नदिने बताइरहेको छ । 

२ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकाले बारामा रूख काटेर विमानस्थल बनाउँदा घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाव दिन लागिएको बताएपछि संघीय सरकारका पर्यटनमन्त्री योगश भट्टराईले निजगढ अनतराष्ट्रिय विमानस्थल पुरानै स्थानमा बनाउने प्रतिकृया दिए । 

मन्त्री भट्राइले निजगढ विमानस्थल अन्त सार्ने भन्ने विकल्प सरकारले सोच्दै नसोचेको पनि बताए । ‘निजगढको विकल्प छैन । त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग छलफल चाँडै हुन्छ र सहमतिमै विमानस्थल निर्माण गरिन्छ’ रातोपाटीसँगको टेलिफोन सम्पर्कमा मन्त्री भट्टराइले भने, ‘प्रदेश सरकारले भनेर निर्माण कार्य रोकिदैन ।’

उनले निजगढमै विमानस्थल बनाउने भनेर सरकारले धेरै भौतिक पुर्वाधार तयार गरिसकेको भन्दै अन्यत्त सार्दा थप लगानी बढ्ने र त्यसको भविस्य अन्यौलमा पर्न सक्ने जवाफ दिए । 

उनले निजगढ बिमानस्थल २ नम्बर प्रदेशको ड्रिम योजना भएको भन्दै त्यसलाई अवरुद्ध पार्न खोजिए समग्र प्रदेशको विकास र समृद्धिमा असर पर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप