सडकको दूरवस्थाले पर्यटकमार्फत नकारात्मक सन्देश जाने चिन्ता
काठमाडौ - चार महीनापछि नेपाल भ्रमण वर्ष शुरु हुने गरी तयारी भइरहेपनि विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धवासी भने खुशी हुनसकेका छैनन्। चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरवस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीयवासी चिन्तित बनेका हुन् । टुसाल चोकबाट हायात होटलको पूर्वी पर्खाल हुँदै भित्री मार्गबाट बौद्ध स्तूप निस्कने सडकसमेत जीर्ण छ।
सडकको बीचमा खाल्डाखुल्डीले पानी जम्दा सवारी र पैदल यात्रासमेत दुःखदायी हुने गरेको छ । हायात होटल अघिको भित्रि सडकमा पसल सञ्चालन गर्नुहुने किशोर श्रेष्ठ पानी परेका समयमा महाङ्कालदेखिको बाढी यही बाटोबाट टुसाल चोकमा आउने गरेको बताउछन् ।
यसका कारण सडक जीर्ण बन्दा दायाँबायाँ बस्न नसकिने गरेको उनको गुनासो छ । घाम लागेका बेला धूलो र पानी परेका समयमा हिलोले पसलमै बस्दा पनि सटर बन्द गर्नुपर्ने स्थानीयवासीको गुनासो छ ।
हायात होटलको पौडी पोखरीबाट निस्कने पानीसमेत टुसाल चोकमै दह बन्ने गरेको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सांसदको समूहले दुई साता अघि यो सडकको स्थलगत अनुगमन गर्दा यो तथ्य सार्वजनिक भएको थियो ।
महाङ्कालबाट कुमारीगालतिर लगिएको खानेपानीको पाइप हायात होटल भित्रबाट लगिएको छ । हाल त्यो पाइप फुटेर पर्खालबाट बाहिर पानी पोखिएको छ । यसले पनि सडकलाई असर गरेको छ । काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा सङ्घीय सरकारको बजेटमा सडक विस्तार एवं कालोपत्र भइरहेकामा समयमै काम नहुँदा पर्यटकीयस्थलका बारेमा गलत प्रचार हुने खतरा बढेको बताउछन् ।
स्थानीय सरकारका नाताले काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्माण व्यवसायीलगायत सरोकार भएका निकायलाई छिटो काम गर्न अनुरोध गर्दा पनि सुनुवाई हुन नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण