जब कार्यालय समयमै मापसेमा परे वडा सचिव...

बुटवल । पाल्पामा एक जना वडा सचिव मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा प्रहरी फन्दामा परेका छन् ।
तिजको दिन कार्यालय समय मदिराले मस्त भएर ती सरकारी कर्मचारीले मोटरसाइलक चलाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल मापसे गरेर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् ।
कार्यक्षेत्र बगनासकाली भएपनि कार्यालय समयमा उनले अन्यत्रबाट मादक पदार्थ सेवन गरेर लु १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँडेको प्रहरीको भनाइ छ ।
उनलाई बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पाल्पामा राखेको छ ।
पक्राउ परेका वडा सचिवका विषयमा थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले बताए ।
पक्राउ परेका वडासचिवलाई नियम अनुसार कारवाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी