जब कार्यालय समयमै मापसेमा परे वडा सचिव...
बुटवल । पाल्पामा एक जना वडा सचिव मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा प्रहरी फन्दामा परेका छन् ।
तिजको दिन कार्यालय समय मदिराले मस्त भएर ती सरकारी कर्मचारीले मोटरसाइलक चलाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव हरि नरायाण बस्याल मापसे गरेर मोटरसाइकल चलाउँदा तानसेन–६ बर्तुङ्गबाट पक्राउ परेका छन् ।
कार्यक्षेत्र बगनासकाली भएपनि कार्यालय समयमा उनले अन्यत्रबाट मादक पदार्थ सेवन गरेर लु १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिँडेको प्रहरीको भनाइ छ ।
उनलाई बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पाल्पामा राखेको छ ।
पक्राउ परेका वडा सचिवका विषयमा थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले बताए ।
पक्राउ परेका वडासचिवलाई नियम अनुसार कारवाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण