प्रहरीले बीच सडकमा चालक कुटेपछि...
काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले नै सवारी चालकलाई कुटपिट गरेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुरुमा प्रहरीले हात हालेको देख्न सकिन्छ । प्रहरीले चालकलाई समात्दै लात्तै लात्ताले हिर्काएका छन् ।
सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि रसुवा प्रहरी घटनाबारे बोल्न बाध्य भएको छ । प्रहरीले नै चालकमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय रसुवाले गम्भीर ध्यानकर्षण भएको भन्दै एक विज्ञप्ति निकालेको छ ।
‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ । घटनाबारे छानबिन गरि दोषी उपर कारबाही गरिनेछ ।’
चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि प्रहरीले नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीले ना ६ ख ४९२५ नम्बरको चालक आशिष तामाङलाई पनि छानबिनको लागि नियन्त्रणमा लिएको छ । कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
यता सवारी चालकमाथि प्रहरीले कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण