शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विस्फोटमा परी भारतमा ९ जना को मृत्यु

बुधबार, १८ भदौ २०७६, १९ : ३३
बुधबार, १८ भदौ २०७६

एजेन्सी– भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ  । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् । 

पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ ।  Photo: jagaran.com
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप