मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई
काठमाडौं – मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय ग¥यो । सो सम्मानको राशि जनही रु ५० हजारको रहेको छ ।
सो संस्थाले नेपाली साहित्यक क्षेत्रको विकासमा कार्यरत तथा साहित्यिक तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिने प्रतिभावान् व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । गत वर्षको मदन–शीला स्रष्टा सम्मान–२०७४ भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिएको थियो । हालसम्म सो सम्मानबाट मदनमणि दीक्षित, प्रेमा शाह तथा किरण खरेललाई प्राप्त गरिसक्नुभएको छ । सो अवसरमा अध्यक्ष त्रिपाठीले देशको गौरवका लागि घिमिरेले काव्य सिर्जनामार्फत दिनुभएको उच्च योगदानको मूल्याङ्कन गर्दै यो सम्मान दिने निर्णय गरेको बताए ।
उनले दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ पत्रिका तथा काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकले लामो समयदेखि गर्दै आएको साहित्य सेवाको कदर गर्दै ती पत्रिकाहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको बताए ।
विसं १९८५ मा काठमाडौँको पकनाजोलमा जन्मनुभएका साहित्यकार मदनदेव भट्टराईको सम्झनामा हरेक वर्ष सो प्रतिष्ठानले साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।
विसं २०२० मा ‘रत्नश्री’ पत्रिकाको प्रकाशनमार्फत पत्रकारिता तथा साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका भट्टराईका मदनदेव भट्टराईका ‘केही कथाहरु’, ‘मदन–वाटिका (गीति सङ्ग्रह)’, ‘जीवन स्मृति (महाकाव्य)’, ‘मदनदेव भट्टराईका संस्मरणहरु’, ‘काया कल्प (महानाटक)’, ‘समयको प्रतिविम्ब (कविता सङ्ग्रह)’, ‘दृश्य र द्रष्टा (हास्यव्यङ्ग्य)’ तथा ‘रत्नपार्क (उपन्यास)’ प्रकाशित छन् ।
‘हिमाली’ साप्ताहिकको सम्पादन, डिल्लीबजार क्याम्पसको स्थापना गर्नाका साथै प्राध्यापन पेशामा पनि काम गर्नुभएका ‘रत्नश्री’का संस्थापक सम्पादक भट्टराईको २०७० सालमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण