अमेरिकाको सडक दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु, दुईको अवस्था गम्भीर
अमेरिकाको मिसौरी हाइवे २४९ इन्टरचेन्जमा मंगलबार भएको दुर्घटनामा परी एकै परिवारको तीनजना नेपालीको मृत्यु भएको छ ।
जोप्लिन पुलिस डिपार्टमेन्टका क्याप्टेन निक जिमेनेजका अनुसार प्रभास ओझाले चलाएको टोयोटा RAV4 गाडी ट्राफीक बत्तिमा रोकिएका बेला टोयोटा पिकअप ट्रकले ठक्कर दिएको हो ।
ओझा र उनका चार वर्षे छोरालाई स्थानीय अस्पताल पुर्याइएको छ । छोराको अवस्था गम्भीर बताइएको छ भने उनका बुवाको अवस्था स्थिर बताइएको छ ।
गाडीको अगाडिको सीटमा बसेकी बालककी आमा श्रद्धा ओझा खनाललाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको पुलिसले जानकारी दिएको छ ।
पछाडि बसेका बच्चाका हजुरबुवा हजुरआमाको पनि मृत्यु भएको छ । सान्ता खनालको स्थानीय अस्पतालमा मृत्यु भएको छ भने हजुरबुवा गोबिन्द खनालको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ ।
घटनामा प्रहरीले अन्य सवारीका चालकको पहिचान खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण