पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति
काठमाडौं– एसियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो ।
बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ ।
बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहेका भए पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक उन्नयन नै बैंकको मुख्य लक्ष्य रहेको बताए ।
उनले भूकम्प प्रभावित क्षेत्रमा १५४ वटा विद्यालय पुनःनिर्माण सम्पन्न हुन लागेका तथा विद्युत् उत्पादन तथा वितरण अभिवृद्धि परियोजनाको पनि प्रगति उल्लेख्य भएको जानकारी दिए । पछिल्ला वर्षमा बैंकले नेपाललाई अधिक ऋण उपलब्ध गराएको चर्चा गर्दै उनले सन् २०१८ मा ऋण रकम ५९ करोड २० अमेरिकी डलर पुगेको जानकारी दिए ।
अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले निर्धारित समयमा परियोजना पूरा गर्नेतर्फ सम्बद्ध सबै पक्ष इमान्दारीका साथ लाग्नुपर्नेमा जोड दिँदै सरकारीस्तरमा हुनुपर्ने काम र सहजकर्ताको भूमिकाबाट आफूहरू नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण