मुख्यमन्त्री पौडेल र जर्मनी राजदुत सेफरबीच भेटवार्ता
हेटौंडा – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरबीच हेटौडामा भेटवार्ता भएको छ। भेटमा जर्मनी सरकार र प्रदेश ३ सरकारबीच प्राविधिक शिक्षालार्इ विशेष जोड दिने पविषयमा कुरा भएको मुख्यमन्त्री कार्यालय सचिवालयले जनाएको छ।
जर्मनी राजदुत सेफरले जर्मन सरकार प्रदेश सरकारसंग मिलेर काम गर्न तयार रहेको बताए । भेटमा मुख्यमन्त्री पौडेलले अहिलेको युग प्राबिधिक शिक्षाको युग भएकोले प्रदेश सरकारले पनि एक स्थानीय तह एक प्राबिधिक शिक्षालय अभियान लिएको बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेशमा प्राबिधिक शिक्षाको सम्भावना धेरै रहेको बताउदै यसको लागि जर्मन सरकारसंग थप छलफल प्रक्रिया अगाडी बढाउने बताए। राजदुत सेफरले पनि जर्मन सरकारले प्राबिधिक शिक्षालाइ बिस्तार गरिरहेको बताउदै प्रदेश सरकारसंग प्रथामिकता अनुसार सहकार्य गर्ने प्रतिबद्दता जनाए।
उनले प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राबिधिक शिक्षालाइ सहयोग गर्न सकिने र नेपालको बिकासको लागि हातेमालो गर्दै अगाडी बढने धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण