पार्टीलाई कमजोर बनाउने खेल भैरहेको छ : माधव नेपाल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल भैरहेको बताएका छन् । आज पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता नेपालले विश्वका प्रतिक्रियावादीहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने गरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो ।
त्यस्तै कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताए । कार्यक्रममा पार्टीका विदेश विभाग उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण