चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि
बेइजिङ- सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ ।
चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार सम्मेलनमा बताए, “सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २।४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ ।”
त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७।६ प्रतिशतको वृद्धि हो ।
जर्मनीको लागि चीन लगातार तीन बर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।
सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९।४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो । -सिन्ह्वा/photo: Bloomberg
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण