आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली आज फर्कदैँ

शुक्रबार, २० भदौ २०७६, ०७ : ३३
शुक्रबार, २० भदौ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । 

‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि शुक्रबार मध्याह्न स्वदेश फर्किने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते  सिंगापुर प्रस्थान गरेका तिथए । 

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे छलफल गरेका थिए । 

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गभएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य (प्रस्तावित उपाध्यक्ष) वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किने छन्।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने फर्किसकेका छन् । यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप