नेयमार र रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउँदै युभेन्ट्स
युरोपियन क्लब फुटबलको ट्रान्फर बजारमा सर्वाधिक चर्चाको पात्र बने ब्राजिलियन एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमार ।
वर्षभर ट्रान्सफर चर्चाको शिखरमा रहेका नेयमारको स्पेनिस क्लब बार्सिलोना फर्कने चाहना पूरा हुन सकेन । उनको रियल म्याड्रि«ड जाने अर्को सपना पनि साकार भएन ।
अन्नतः पीएसजीमै थन्किन बाध्य भएका नेयमारको विषयमा फेरि अर्को चर्चा सुरु भएको छ ।
२७ वर्षीय नेयमारलाई इटालियन महारथी युभेन्ट्सले अनुबन्ध गरी नेयमार र क्रिस्टियानो रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउन लागेको समाचार इटालियन खेल पत्रिका ‘टुट्टो स्पोर्ट्स’ले बाहिर ल्याएको छ ।
नेयमारलाई युभेन्ट्सले रोनाल्डोसँगै खेलाउने तयारी गरेको टुट्टोको सोही समाचारलाई बेलायती पत्रिका डेली मेलले पनि प्रकाशित गरेको छ ।
नेयमारले लामो समयदेखि खुलेरै पीएसजी छोड्ने बताई रहेका थिए । त्यसैले फ्रेन्च लिग सुरु भएपनि उनलाई अहिले पीएसजीले खेलाएको छैन ।
स्पेनिस ला लिगाको ट्रान्फर समय गत सोमबार सकिएपछि नेयमारको बार्सिलोना र रियल जाने अभियानमा पूर्णविराम लागेको थियो ।
युभेन्ट्सले नेयमार ल्याउन पीएसजीलाई ९० मिलियन पाउन्ड र प्रभावशाली खेलाडी पाउलो डिबाला दिने प्रस्ताव गरेको बताइएको छ । डीबालाले पनि यस सिजन युभेन्ट्स छाडेर इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड वा टोट्टनहाम जान चाहेका थिए । तर उनको यस योजना सफल भएको थिएन । यही मौकामा युभेन्ट्सले डिबालालाई पीएसजी पठाएर रोनाल्डो र नेयमारको ‘ड्रिम जोडी’ तयार पार्न लागेको खुलासा भएको छ ।
युभेन्ट्सको नयाँ सोचले पूर्णता पाउला या नपाउला त्यो भने हेर्न बाँकी छ ।
नेयमारले पिएसजीमा दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण