तीन महिना नबित्दै बिग्रियो कटहरियाको सिसिटिभी क्यामरा
रौतहट–रौतहटको कटहरिया बजार क्षेत्रमा सञ्चालनमा रहेको सिसिटिभी क्यामरा तीन महिना नबित्दै बिग्रिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणाअनुरुप जेष्ठको दोस्रो साता कटहरिया बजारमा सञ्चालनमा आएको सिसिटिभी क्यामरा बन्द भएको हो ।
कटहरिया नगरपालिकाको कुल १५ लाखको आर्थिक लगानीमा बजार क्षेत्रमा सञ्चालनमा रहेको सिसिटिभी क्यामरा तीन महिना न बित्दै बिग्रिएपछि लाखौंको लगानी बालुवामा पानी सरह भएको छ । बजार क्षेत्रमा रहेको सिसिटिभी क्यामरा बिग्रिएका कारण हाल सुरक्षा चुनौती समेत थपिएको नेकपा कटहरिया नगर अध्यक्ष योगेन्द्र साहले बताए ।
बजार क्षेत्रमा रहेका ब्यापार, पसल, आवत जावत गर्ने यात्रुलाई प्रत्यक्ष सुरक्षा दिने उदेस्य अनुरुप मेयर सियाराम कुश्वाहाको पहल तथा कुल १५ लाखको लागतमा गत असारको १५ गते सिसिटिभी क्यामरा जडानको कार्य पुरा भएको थियो ।
१२ औं गणतन्त्र दिवसको अवसरमा गत जेष्ठ १६ गते प्रदेश सांसद कुन्दन कुश्वाहा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्री तथा सिडिओ किरणकुमार थापाले औपचारिक रुपमा असारमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बजारको नौ स्थानमा रहेको नाईट भिजन सिसिटिभी क्यामराले काम गर्न छोडेपछि हाल बजार क्षेत्रमा चोरीको घटनामा बृद्धि भएको छ । केहीदिन अघिमात्र मोटरसाईकलमा आएका चोर समूहले बजारमा रहेका अछेलाल साह र रामबाबु साहको घरमा प्रवेश गरी लाखौंको धनमाल लुटेका छन् ।
मेयर सियाराम कुश्वाहाले बजार अतिक्रमण हटाउने क्रममा केही तार चुडिएको र बर्षाको पानी क्यामरामा परेर काम गर्न छोडेको बताए । सिसिटिभी क्यामरा अगामी कातिक मसान्तभित्रै पुन सञ्चालनमा ल्याउने प्रतिवद्धता समेत उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण