निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण
शुक्रबार, २० भदौ २०७६, २३ : १६
मस्को- रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार राती झण्डै १ः ३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो । रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।
उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी कुनै चोट नदेखिनेगरी उपस्थित भएकी थिइन् । उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भनिन्, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ । -एएफपी/Getty-IMAGES
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण