शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

शुक्रबार, २० भदौ २०७६, २३ : १६
शुक्रबार, २० भदौ २०७६

मस्को- रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ । 

स्थानीय समयअनुसार राती झण्डै १ः ३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो । रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु¥याइएको थियो ।   

उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी कुनै चोट नदेखिनेगरी उपस्थित भएकी थिइन् ।  उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भनिन्, “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ । -एएफपी/Getty-IMAGES

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप