प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
बैतडी-प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् ।
ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका २१ आयोजनामा ३५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको तथा दोगडाकेदार गाउँपालिकाका नौ आयोजनामा ३५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ । यस्तै मेलौली नगरपालिकाका नौ आयोजनामा ३५८ जनाले औसतमा १७ दिन, पञ्चेश्वर गाउँपालिकाका आठ आयोजनामा १९३ जनाले औसतमा ३० दिन, पाटन नगरपालिकाका ३९ आयोजनामा एक हजार ३०० जनाले औसतमा आठ दिन र पुर्चौंडी नगरपालिकाका १७ आयोजनामा २४८ जनाले औसतमा ३० दिन रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पिसीसी बाटो, प्रसूति सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
यस्तै शिवनाथ गाउँपालिकाका ११ आयोजनामा १४७ ले औसतमा २८ दिन रोजगारी पाएका छन् । यसैगरी सिगास गाउँपालिकाका १२ आयोजनामा ३३३ ले औसतमा १९ दिन रोजगारी पाएका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा एक हजार ३८६ ले औसतमा चार दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण