प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
बैतडी-प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् ।
ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ व्यक्तिले औसतमा २१ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जनाएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका २१ आयोजनामा ३५० व्यक्तिले औसतमा १५ दिन रोजगारी पाएको तथा दोगडाकेदार गाउँपालिकाका नौ आयोजनामा ३५४ व्यक्तिले औसतमा १७ दिन रोजगारी पाएको रोजगार सेवा केन्द्रले जानकारी दिएको छ । यस्तै मेलौली नगरपालिकाका नौ आयोजनामा ३५८ जनाले औसतमा १७ दिन, पञ्चेश्वर गाउँपालिकाका आठ आयोजनामा १९३ जनाले औसतमा ३० दिन, पाटन नगरपालिकाका ३९ आयोजनामा एक हजार ३०० जनाले औसतमा आठ दिन र पुर्चौंडी नगरपालिकाका १७ आयोजनामा २४८ जनाले औसतमा ३० दिन रोजगारी पाएका रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पुर्चौंडी नगरपालिका पिसीसी बाटो, प्रसूति सेवा केन्द्र भवन, सार्वजनिक शौचालय निर्माणलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो ।
यस्तै शिवनाथ गाउँपालिकाका ११ आयोजनामा १४७ ले औसतमा २८ दिन रोजगारी पाएका छन् । यसैगरी सिगास गाउँपालिकाका १२ आयोजनामा ३३३ ले औसतमा १९ दिन रोजगारी पाएका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा एक हजार ३८६ ले औसतमा चार दिन रोजगारी पाएको रोजगार केन्द्र सुर्नयाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव
-
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
-
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक
-
‘मिस एसईई इटहरी’का २६ किशोरीले देखाए प्रतिभा