कुखुराको भालेले ठुंगेर अष्ट्रेलियामा एक महिलाको मृत्यु

एजेन्सी । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए ।
त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ ।
युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ, ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’
‘कुखुराको भालेले वृद्धाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा उनको मृत्यु भएको देखिन्छ,’ अनुसन्धान पेपरमा लेखिएको छ ।
यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भालेभन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार देखिन्छ ।
प्याथोलोजिष्टले अनुसन्धानको क्रममा वृद्धामा उच्च रक्तचाप, रगतमा अत्यधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्या रहेको पाएका थिए ।
‘यो घटनाले के देखाउँछ भने यदी तपाईंमा निश्चित प्रकारको रक्तनलीको समस्या छ भने समान्य घरेलु जीवले पनि प्राणघातक चोट पु¥याउन सक्छन्,’ पेपरमा निश्कर्ष दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?