पारसले उछिने धोनी र गेललाई
एजेन्सी – नेपालका कप्तान पारस खड्काले टी–२० क्रिकेट वरीयतामा भारतका चर्चित खेलाडी महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका महान क्रिकेटर क्रिस गेललाई समेतपछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको टी–२० वरीयतामा पारस ६८ औं स्थानमा छन् । यद्यपी पारस दुई स्थान खस्किएका छन् । धोनी ६९औं र गेल ७५औं स्थानमा छन् । अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।
पारसले अलराउन्डरतर्फ राशिद खान, रोहित शर्मा, हार्दिक पाण्ड्या, क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीहरुलाई पछि पारेका छन् । राशिद ३० औं, रोहित ३९ औं, हार्दिक ४१ औं, गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।
अलराउन्डरतर्फ नेपालका सोमपाल कामी ६७औं स्थानमा छन् । टी–२० को बलिङतर्फ वरीयतामा नेपालका वसन्त रेग्मी एक स्थान खस्किदै ७२औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा छन् । नयाँ वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका वावर आजम, बलिङमा अफगानिस्तानका कप्तान राशिद खान र अलराउन्डरमा अष्टे«लियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण