बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दशैअघि यातायात भाडा नबढ्ने

आइतबार, २२ भदौ २०७६, ०७ : ४७
आइतबार, २२ भदौ २०७६

आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । 

सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । 

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।

‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप