दशैँको अग्रिम टिकट बुकिङ भदौको अन्तिममा खुल्ने
यातायात व्यवस्था विभागले भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको रातोपाटीलाई बताए ।
उनका अनुसार यसका लागि यहि २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ ।
यता व्यवसायीहरुले भाडा समायोजन पनि दशैँअघि नै गर्नुपर्ने माग राख्दै आएका छन् । भाडा समायोजन हुने÷नहुने विषयमा भने निष्कर्षमा पुग्न बाँकी रहेको हमालले बताए ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अग्रिम टिक बुकिङ अबको बैठकले टुङ्गो लगाउने बताए । यद्यपि, यातायात कम्पनीमा रुपान्तरण भएपनि स्पष्ट नियम नआएपछि गाडी थप्न सक्ने अवस्था नभएकोले यातायात व्यवस्थापनमा चुनौती रहेको उनले जिकिर गरे ।
२०६९ सालदेखि भाडा समायोजन नभएकोले यसमा सरकार नै जिम्मेवार भएर समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ । पुरानै भाडाका कारण यातायात व्यवसाय अत्यन्त मारमा परेको उनको भनाइ छ ।
दशैँको घटस्थापनादेखि राजधानीमा बस्नेहरु दशैँ मनाउँन आफ्ना घर जाने गर्छन् । दशैँका समयमा सबैभन्दा बढी मासिनले राजधानी छाड्ने भएकाले हरेक वर्ष अग्रिम टिकट बुकिङ हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्न व्यवसायीहरूको ध्यानाकर्षण
-
प्रधानमन्त्रीलाई भेटेपछि एकीकृत समाजवादीले भन्यो, ‘अर्को सरकार बन्ने निश्चित नभएसम्म यसैलाई निरन्तरता’
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
-
यस्तो छ शुक्रबार बस्ने संसद् बैठकको कार्यसूची
-
समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त
-
पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने सरकारको निर्णय