कर्मचारी ट्रेड युनियन खारेज हुँदैन: मन्त्री पण्डित
आइतबार, २२ भदौ २०७६, १८ : ५९
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन् । मन्त्री खतिवडाले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण प्रतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरे ।
निजामती सेवा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराए ।
उनले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामापर्ने जस्ता अनुशासनहिन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिए ।
मन्त्री पण्डितले संविधान र कानुनअनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिबद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण