कालिकोटका विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति
काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालिकोटको कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी ३ लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको हो ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरे ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण