चिनियाँ दूतावास अगाडिबाट ९ जना प्रदर्शनकारी पक्राउ
सोमबार, २३ भदौ २०७६, १६ : १४
काठमाडौं । प्रहरीले चीन विरोधी गतिविधि गरेको भन्दै चिनियाँ राजदूतावास अगाडिबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका ९ जना नै महिला हुन् । सो समूहका इन्चार्ज सीता ज्योती रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीका इन्सपेक्टर विशाल तामाङको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रदर्शनकारीले चीनमा नेपालका चेलिबेटी बेचविखन हुने गरेको त्यसको नियन्त्रणका लागि दवाव स्वरुप प्रदर्शन गरेको दावी गरेका छन् ।
नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
यता, चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणको क्रममा आइतबार सााझ मात्र नेपाल आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण