नबिल बैंक तथा ईक्यानद्वारा बैंकिङ्ग सुविधाको सहमति
काठमाडौं– नबिल बैंक तथा एजुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (ईक्यान) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा भएको छ ।
यस सहमति पश्चात नबिल बैंकले ईक्यान, ईक्यानसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।
यस सम्झौता अन्तर्गत बैंकले ईक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।
उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।
त्यसैगरी, ईक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले ईक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण