सरकारी पक्षको दाबी: डेंगुको महामारी अवस्था भएको छैन, भ्रम नछरौं
बुटवल– प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबी गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाई सामान्य र विगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरकारले दिने तथ्याँकमा पनि एकरुपता छैन ।
रिपोटर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले बाहिर हल्ला पिटिएजस्तो भयावह अवस्था नरहेको दाबी गरे । उनले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी दिए ।
उनले सरकार लागि परेको र यसमा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरिरहेको दाबी गरे । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको उनले बताए । उनले प्रदेश ५ मा १२६ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । डेंगुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए । ब्यबहार परिबर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा गिरिको सुझाब छ ।
उनले हरेक दिन स्वास्थ्य निर्देशनालयले प्रदेशको डेंगुको तथ्यांक सार्बजनिक गरिने बताए । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताए । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा.खनालले जानकारी दिए ।
उनले किट अभाब भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयाबह अबस्था नरहेको दाबी गरे । ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह, स्वास्थ खानपान र उपचारपछि ठिक हुने बताए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए । उनले सचेतना र खोज र नष्ट अभियान जारी राखिएको जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबी गरे । उनले बुटटवलका १९ वटै वडा, ३०२ टोल, ९५ वटा स्कुलमा अभियान चलाइएको बताए । उनले फगिङ् गर्ने अबस्था नरहेको जानकारी दिए ।
मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताए । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए । यत, बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए ।
उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए । उनले डेंगुको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले नीजि अस्पतालमा गरेको उपचारको सरकारी पक्षले बेवास्ता गर्ने गरेको गुनासो गरे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण