स्लाभोज जिजेक पृथक् शैलीका लेखक हुन् । उनको बहसको तरिका पनि फरक छ । उनका पुस्तकहरू अन्य पुस्तक भन्दा भिन्न छन् । जिजेकका किताबहरू खासमा कुनै निष्कर्षमा पुग्दैनन्, केवल टुङ्गिन्छन्...