सरदार रुद्रराज पाण्डे विक्रम संवत् १९५७ फागुन २६ गते पद्मराज पाण्डे र टीकालक्ष्मीका सुपुत्रका रूपमा काठमाडौँमा जन्मेका थिए । पाण्डेका पुर्खा गोर्खाका शाह र पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु...