केन्द्रीय संस्करण

रामभरोसी यादव

अवैध रुपमा सञ्चालित पोलिक्लिनिकमा अनुगमन टोली पुगेपछि सञ्चालकहरुको भागाभाग access_timeसाउन २८, २०७६

सिरहा– जनस्वास्थ्य कार्यालय सिरहाले निजी स्तरमा जिल्लाका विभिन्न ठाउँमा अवैध रुपले संचालित पोलिक्लिनिकहरुको आकस्मिक अनुगमन गरेको छ । कार्यालयले लहान क्षेत्रका क्लिनकहरुको आकस्मिक अनुगमन गरेको हो ।  स्वास्थ्य कार्यालयले २१ जेठयता अवैध रुपले सञ्चालित आठ अस्पतालसह...

बाढीपीडित भन्छन्– यस्तो विपत्ति त शत्रुलाई पनि नपरोस् access_timeसाउन २, २०७६

 सिरहा– सिरहा नगरपालिका–१२ सारश्वर हटियाटोलका ७६ वर्षीय मो. भोला अन्सारीले आफ्नो जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने सोचेकासम्म थिएनन् । असार २७ शुक्रबार राती कमला नदीको पानी गाउँ पसेर घर भत्काएर घरका सरसामानसमेत बगाएपछि अन्सारी कष्टकर दैनिकी गुजार्दै...

सिरहामा बाढीमा डुबेर २ बालिकासहित ४ जनाको मृत्यु, एक बेपत्ता access_timeअसार ३०, २०७६

सिरहा-सिरहा लगातारको वर्षासँगै आएको बाढी तथा पानीमा डुवेर अहिलेसम्म सिरहामा दुई बालिका सहित पाँच जनाको मृत्यु भएको छ । आइतबार वेलुकादेखि हराइरहेकी मिर्चैया नपा ४ का सन्तोष साहकी ५ वर्षीया छोरी प्रियङ्काको आज सोमबार विहान शव फेला परेको छ । घरबाटै बेलुका हराए...

२४ घण्टादेखि कमला नदिमा फसेका ६० वर्षीय मुखियाको यसरी गरियो उद्दार access_timeअसार २७, २०७६

सिरहा-सिरहास्थत कमला नदीमा २४ घण्टाभन्दा बडी समयदेखि फसेका कर्जन्हा नगरपालिका २  का बेचु मुखियालाई नेपाली सेनाले आज साँझ उद्धार गरेको छ । पानीको सतह कम भएपछि धनुषातर्फ ब्यारेज नजिकबाट लाईफ ज्याकेट लगाएर पसेका नेपाली सेनाको उद्धार टोलीले कर्जन्हा ३ बन्दिपुरका ६...

चोरीको आरोपमा पक्राउ परेकी महिलाद्वारा प्रहरी हिरासतमै आत्महत्या access_timeअसार ९, २०७६

मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्था...

सिराहाका ७ वटा नीजि अस्पताल बन्द गर्न निर्देशन access_timeजेठ २४, २०७६

सिरहा– सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।  नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लि...

सैनिक जवान हत्या प्रकरणः भागाभागपछि गाउँ नै सुनसान, ६ जना पक्राउ access_timeजेठ ६, २०७६

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिक–४ स्थित सोहपुरमा सैनिक जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । वैशाख २८ गते राती २५ वर्षीय सैनिक जनाव अनिश कुमार सिंहको चोरीको आरोपमा कुटपिट गरी हत्या भएको थियो । कुटपिटमा संलग्...

बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली, तस्बिरमा हेर्नुहोस् access_timeजेठ ४, २०७६

सिरहा–आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ ।  तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।&nbs...

सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु access_timeजेठ ३, २०७६

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आर...

जहाँ महिलाले पानीमा डुबुल्की लगाउँदा सन्तान प्राप्त हुने विश्वास छ (फोटोफिचर) access_timeबैशाख २, २०७६

सिरहा– चिकित्सा विज्ञानले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिका लागि अनेकौं विधिहरु पहिल्याई दिइसकेको छ । चिकित्सा विज्ञानले त्यति सुविधा र्पुयाएको भए पनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने ...

हेल्थ केयर सेन्टरको चरम लापरवाहीका कारण महतोको मृत्यु access_timeचैत २२, २०७५

सिरहा– सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापर्वाहीका कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको हो । विष सेवन गरेर  हतारमा उपचार गर्न हेल्थ केयर सेन्टर पुगेका महतोको उप...

परीक्षा रद्द गरेको भन्दै विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन access_timeचैत १५, २०७५

काठमाडौँ – परीक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको  गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।  शुक्रबारको पनि परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना म...

एसईई सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो, परीक्षा रद्ध access_timeचैत १५, २०७५

सिराहा – सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ ।  बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी ...

सरकारसँगको सहमति ऐतिहासिक : सिके राउत access_timeचैत ४, २०७५

सिरहा । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन अन्ततः आफ्नो नाम परिवर्तन गर्दै मूलधारको राजनीतिमा प्रवेश गर्ने निर्णयमा पुगेको छ । सरकारसँग भएको ११ बुँदे सहमतिपछि सिरहाको लहानमा बसेको दुईदिने परिषद् बैठकले ‘जनमत पार्टी’ को नामाकरणसँगै मूलधारको राजनीत...

बोक्सी आरोपमा कुटिएकी महिलाको रोदन : प्रहरीले कारबाही प्रक्रया अघि बढाएन access_timeमाघ २८, २०७५

सिरहा–सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुर खोरिया टोलमा बोक्सी आरोपमा चार दिनअघि निर्घात कुटिएकी महिलालाई जवर्जस्ती बोक्सी स्वीकार्न बाध्य पारिएको पीडितले बताएकी छन् ।  घटनाको पर्सिपल्ट (२६ माघ)मा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा पुगेकी पीडित ५०...

बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, जिउँदै जलाउने धम्की access_timeमाघ २६, २०७५

सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरियामा बोक्सी आरोपमा एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । घरमा पालिएका पशु–चौपायालाई घाँसपानी ...

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु access_timeमाघ १८, २०७५

सिरहा–चोहर्वा सहायक सडकखण्डकोे पदमपुरमा जेसीभीले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ । अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ निवासी ३५ वर्षीय बिरेन्द्र पण्डित र सोही ठाउँका...

सिरहामा जनता आवास कार्यक्रम अलपत्र, दलित समुदाय विचल्लीमा access_timeमाघ १७, २०७५

सिरहा– नयाँ घर बन्ने आसमा पुरानो घर भत्काएपछि माघको चिसोमा समेत सिरहाका दलित समुदाय कठाङ्ग्रिएर बस्न बाध्य छन् । सिरहाको मिर्चैया नगरपालिका १ मलहनियाखोरीमा रहेको मुसहर बस्तीका बासिन्दा यस्तो समस्यामा परेका हुन् ।  समयमै घर नबन्दा पुस माघको कठ्याङग्रिदो ...

लहानमा बलिदानी दिवस आयोजनाः शहीद परिवारलाई रोजगारीको घोषणा, घाइते–अपाङ्गलाई राहत दिइयो access_timeमाघ ५, २०७५

लहान–०६३ माघ ५ मा भएको मधेस आन्दोलनको क्रममा लहानमा पाँच जनाले ज्यान गुमाएको दिनको सम्झनामा मनाइँदै आएको बलिदानी दिवस यो पटक प्रदेश सरकारले यहाँ औपचारिक रुपमा मनाएको छ ।   सिरहाको लहानस्थित पशुपति आदर्श मा.वि.को प्राङ्गणमा आयोजित बलिदानी दिवस...

सिरहामा टेलिकमको रिपिटर टावर नजिकै प्रेसरकुकर बम फेला access_timeपुस ८, २०७५

सिरहा । सिरहा सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक शक्तिशाली प्रेसर कुकर बम भेटिएको छ । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरनजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय ग...

Page 1 of 5