सिरहाका ९ नेपाली मजदुर भारतको सेलरमिलमा बन्धक, काममा लैजाने एजेन्ट सम्पर्कविहीन
सिरहा । सिरहाका ९ नेपाली मजदुरलाई भारतमा रोजगारीका नाममा बन्धक बनाएर राखिएको छ । केही भने भागेर घर फर्किन सफल भएका छन् ।
भारतको पञ्जावस्थित राइस मिलमा मासिक २० हजार भारतीय रुपैयाँ पारिश्रमिकसहित खाने, बस्ने सुविधा दिने सर्तमा सिरहाकै सुखिपुर नगरपालिका–१० का ४० वर्षीय विजय मण्डलले गत भदौको पहिलो साता २१ जनालाई त्यसतर्फ लगेका थिए ।
पीडित परिवारका अनुसार दैनिक १२ घण्टा काम गर्नुपर्ने भन्दै लगिएका उनीहरुलाई १८ घण्टाभन्दा बढी काम लगाउनका साथै यातनासमेत दिन थालेपछि केही मजदुर भागेर घर फर्किएका छन् । अझै ९ जना बन्धकसरह रहेर काममा जोतिनु परेको जानकारी घर फर्किएका मजदुरहरुले दिएका हुन् ।
उनीहरुका अनुसार विजयले जाने बेला कतिपय मजदुरलाई घर खर्चका लागि पाँच हजार नगदसमेत दिएका थिए ।
गोलबजार नगरपालिका–८ चोहर्वाका इनरजित महरा, नरहा गाउँपालिका–३ का जुग्नु खान, गोलबजार–११ का प्रदिप सदा, इन्दल सदा, गोलबजार–८ का सोभित उराउँ, सरुण महारा, टेकुवा महतो, नरहा गाउँपालिका– ३का समशेर खान, इरसाद, गुलजार सहित २१ जनालाई रोजगारीको प्रलोभनमा विजयले भारत लगेको पीडित परिवारको भनाइ छ ।
इन्द्रजितकी आमा ७२ वर्षीय बुधनी महरा भन्छिन्, ‘साना नानीहरु छोडेर गएको छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ । अहिले छोराको जीवन नै धरापमा परेको सुन्छु, त्यहाँ काम गर्ने वातावरण नै छैन । १८ घण्टा काम गर्नु पर्छ । साथीभाइसँग बोल्दा पनि कुटपिट गर्छ रे । शौचालय जाँदा पनि पाले साथ लगाउने गर्छ रे ।’
भागेर घर फर्किन सफल समिमले १८÷२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोन समेत गर्न नदिने, साथीभाइसँग फोनमा कुरा गर्न नदिने, कुटपिट गर्ने जस्ता व्यवहार गरेपछि आफूहरु त्यहाँबाट भागेको बताए ।
राति पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेका उनीहरु रेल कर्मचारीलाई अनुनय गरेर पैसा नभएपछि घरसम्म आउन सफल भएको बताउँछन् ।
१२ जना भागेर आए पनि इनरजित महरा, जुग्नु खान, सोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै रहेको उनीहरुको भनाइ छ ।
छोरा बन्धक भएको जानकारी पाएपछि इनरजितकी आमा बुद्धनी महरा र सोभित उराउँकी आमा÷बुबाले अस्थायी प्रहरी पोष्ट, सुखीपुर–७, शिवचोकमा विजय मण्डलविरुद्ध ठाडो उजुरी दिएका थिए ।
उजुरीपछि कात्तिक १७ गते अभिभावक र विजय मण्डलबिच १० दिनभित्र बन्धक रहेका सबै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो । सहमतिपछि विजयलाई सुखीपुर नगरपालिका–१० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाइएको थियो ।
सहमतिको एक महिना हुन लागेपनि अहिले विजय नै सम्पर्कविहीन रहेको पीडित परिवारको भनाइ छ । प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक–पटक घरमा गएर सोधखोज गरेको बताएको छ ।
विजयलाई जिम्मा लिएका वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि विजयसँग आफ्नो भेट नभएको बताए । उनले भने, ‘विजयले १० दिनभित्र सवै मजदुरलाई घर ल्याइदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ, म बुझ्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण