सिरहामा अनौठो घटना : लत्ता–कपडामा एकाएक कसरी लाग्यो आगो ?
सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– ११, बलुवाटोलका सदाय बस्तीमा अनौठो घटना देखा परेको छ । केही दिन यता दैनिक लत्ता–कपडा तथा घरायसी सामानमा आफैँ आगो लाग्न थालेको स्थानीयवासी बताउँछन् ।
सो बस्ती निवासी ३० वर्षीय कल्पना सदाय आफूले लगाएको कपडामा चार दिनदेखि दिनमै ३–४ पटक आगो लागेको बताउँछिन् ।
माघ महिनामा बस्तीमा स्थानीय मन्कु सदायको घरमा आगलागी भएको थियो । स्थानीय पल्टु सदायका अनुसार त्यतिबेला गाउँमा कोही नभएकाले मन्कुको घर जलेर नष्ट भएको थियो ।
पछिल्लो १५ दिनदेखि बस्तीका सबैजसो घरको छानो, कपडा, ओछ्यान जलेको छ । कोही एक्लै हुनासाथ वा शौचालय जाँदा शरीरमा लगाएकै कपडामा आगो लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।

आगो लाग्ने क्रम बढेपछि गाउँले त्रासमा छन् । उनीहरु पछिल्लो तीन दिनदेखि एकैठाउँ भेला भएर बस्ने गरेका छन् ।
सो वडाका वडाध्यक्ष अशोक कुमार श्रेष्ठ पनि गाउँमा पहिलो पटक यस्तो घटना भएको बताउँछन् । ‘मलाई यसरी आगो लागेको अहिलेसम्म थाहा थिएन,’ उनले भने, ‘केही दिनदेखि गाउँमा अचम्मको घटना हुन थालेको छ ।’
यसरी लागेको आगो थोरै पानीले पनि निभाउन सकिने स्थानीयवासी बताउँछन् । स्थानीयवासी कमल सिंहले भने, ‘आगो लागेपछि मान्छे पोलेको गन्ध फैलिन्छ । थोरै पानीले पनि आगो निभिहाल्छ । हामी पनि अचम्ममा परिसकेका छौं ।’
केही दिनअघि मेयर शिवशंकर महतो र वडा अध्यक्ष श्रेष्ठ गाउँमा आएर निरीक्षण गरी फर्किएको स्थानीयवासी बताउँछन् ।
गाउँलेहरु दैवी शक्ति रिसाएकाले यस्तो घटना भएको तर्क गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण