बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा अनौठो घटना : लत्ता–कपडामा एकाएक कसरी लाग्यो आगो ?

सोमबार, ०४ असार २०८०, १५ : ४३
सोमबार, ०४ असार २०८०

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– ११, बलुवाटोलका सदाय बस्तीमा अनौठो घटना देखा परेको छ । केही दिन यता दैनिक लत्ता–कपडा तथा घरायसी सामानमा आफैँ आगो लाग्न थालेको स्थानीयवासी बताउँछन् ।

सो बस्ती निवासी ३० वर्षीय कल्पना सदाय आफूले लगाएको कपडामा चार दिनदेखि दिनमै ३–४ पटक आगो लागेको बताउँछिन् ।

माघ महिनामा बस्तीमा स्थानीय मन्कु सदायको घरमा आगलागी भएको थियो । स्थानीय पल्टु सदायका अनुसार त्यतिबेला गाउँमा कोही नभएकाले मन्कुको घर जलेर नष्ट भएको थियो ।

पछिल्लो १५ दिनदेखि बस्तीका सबैजसो घरको छानो, कपडा, ओछ्यान जलेको छ । कोही एक्लै हुनासाथ वा शौचालय जाँदा शरीरमा लगाएकै कपडामा आगो लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।

GMK_0304

आगो लाग्ने क्रम बढेपछि गाउँले त्रासमा छन् । उनीहरु पछिल्लो तीन दिनदेखि एकैठाउँ भेला भएर बस्ने गरेका छन् ।

सो वडाका वडाध्यक्ष अशोक कुमार श्रेष्ठ पनि गाउँमा पहिलो पटक यस्तो घटना भएको बताउँछन् । ‘मलाई यसरी आगो लागेको अहिलेसम्म थाहा थिएन,’ उनले भने, ‘केही दिनदेखि गाउँमा अचम्मको घटना हुन थालेको छ ।’

यसरी लागेको आगो थोरै पानीले पनि निभाउन सकिने स्थानीयवासी बताउँछन् । स्थानीयवासी कमल सिंहले भने, ‘आगो लागेपछि मान्छे पोलेको गन्ध फैलिन्छ । थोरै पानीले पनि आगो निभिहाल्छ । हामी पनि अचम्ममा परिसकेका छौं ।’

केही दिनअघि मेयर शिवशंकर महतो र वडा अध्यक्ष श्रेष्ठ गाउँमा आएर निरीक्षण गरी फर्किएको स्थानीयवासी बताउँछन् ।

गाउँलेहरु दैवी शक्ति रिसाएकाले यस्तो घटना भएको तर्क गर्दछन् ।

GMK_0289

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप