सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मधेसमा होलीको हर्ष
पर्व

तस्बिरमा हेर्नुहोस् मधेसमा होलीको हर्ष

सोमबार, १२ चैत २०८०

सिराहा । ‘बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरु अहिले सिरहालगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन्  । मधेसका जिल्लाहरूमा एक अर्कालाई रङ्ग दल्दै हर्षोल्लासका सोमबार होली मनाइँदै गर्दा पहाडी र हिमाली क्षेत्रमा भने आइतबार नै मनाइएको छ । 

उसो त मधेसका स्थानमा मङ्गलवार पनि होली मनाइन्छ ।  मिथिला पञ्चाङ्ग अनुसार होली पर्व मंगलबार रहेको उल्लेख छ । असत्यमाथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरू सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन् ।

होली आएसँगै तराई भेगमा युवादेखि बुढापाकासम्म होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाब होली पर्वमा रङ्ग र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफू भन्दा ठुलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि छ भने सानोलाई निधारमा अबिर वा रङ्ग लगाएर सद्भाव देखाउने चलन छ ।

होली मनाउने नाममा जबरजस्ती रङ्ग छ्याप्ने र लोला बर्साउने जस्ता केही विकृति देखिए पनि तराई भेगमा सामूहिक रूपमा प्रेमपूर्वक रङ्ग र अबिर दलेर खुसी साट्ने परम्परा जीवितै छ । यस क्षेत्रमा मनाइने होली पर्वमा होरिया गीतले अझ उमङ्ग थप्ने काम गर्छ ।

होलीलाई दृष्टिगत गर्दै सिराहाको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । होली पर्वको नाममा बढ्दै गएको विकृतिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक एसपी सन्तोष आचार्यले बताए ।

सिराहाको होलीका तस्बिरहरुः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया