अपरेशन गर्न आएकी महिलाको मृत्युपछि लहानमा तनाव
सिरहा, ५ असार । सिरहाको लहानस्थित लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ ।
सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको पारिवारिक स्रोतले जनाएका छन् । अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ ।
दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ । खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार रहेका छन् । अहिलेसम्म उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।
अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण