अपरेशन गर्न आएकी महिलाको मृत्युपछि लहानमा तनाव

सिरहा, ५ असार । सिरहाको लहानस्थित लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ ।
सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको पारिवारिक स्रोतले जनाएका छन् । अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ ।
दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ । खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार रहेका छन् । अहिलेसम्म उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।
अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?