६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित
शनिबार, ०३ जेठ २०७७, १२ : ५९
सिरहा । सिरहामा पनि एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा १ मौवाहीका ३० वर्षीय युवकमा कोभिट १९ पोजेटिभ पुष्टि भएको हो ।
उनी ६६ दिन अघि अर्थात ०७६ फागुन २८ गते नै मलेसियाबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।
६६ दिनअघि विदेशबाट आएका उनलाई अहिले कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । अहिले उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ ।
सिरहामा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएसँगै यहाँ थप सतर्कता अपनाइको छ ।
ती युवकलाई पोजेटिभ भेटिएसँगै गाउँलाई नै शिल गर्ने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण