सिभिल बैङ्कको एटीएमबाट रकम लुट्ने प्रयास असफल
सिरहा । सिरहाको लहानस्थित सिभिल बैङ्कको एटीएम रहेको सटर फोरेर रकम लुट्ने प्रयास भएको छ । लहान नगरपालिका–४ मा कृष्ण गुप्ताको घरमा भुइँतलामा भाडामा सञ्चालित बैङ्कको एटिएमको सटरमा मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको हो ।
आइतबार राति करिब १ बजेतिर पहिलो तलामा सुरक्षा गार्ड रहेको समयमा एटिएम लुट्ने प्रयास गरेको भएपनि एटिएमभित्र राखिएको रकम भने सुरक्षित रहेको बैङ्कका शाखा प्रबन्धक सरोज घिमिरेले बताए । उनका अनुसार एटिएमको सटरमा मान्छे पस्न सक्ने गरी काटिएको छ ।
एटिएममा राखिएको करिब १५ लाख रुपैयाँ झिक्ने प्रयास गरेको भएपनि लक भएकाले तोडफोड गरेको अवस्थामा भेटिएको छ । रकम सुरक्षित रहेको भएपनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको बैङ्कका शाखा प्रबन्धक घिमिरेले बताए ।
करिब अढाइ महिनाअघि सिरहाको लहानस्थित कृषि विकास बैङ्कको युजर र पासवर्ड ह्याकिङ् गरी कर्मचारीको मिलेमतोमा करिब पाँच करोड रुपैयाँ रकमान्तर भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण