फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायाँकन सुरु
शुक्रबार, ३० माघ २०७७, १२ : १६

काठमाडौँ । फिल्म ‘दि सेक्रेट्स अफ राधा’को छायाँकन सुरु भएको छ । सुवर्ण थापाको निर्देशन रहने फिल्मको बिहीवारबाट पालुङदेखि छायाँकन सुरु भएको हो ।
सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहने फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतको पनि विशेष भूमिका रहनेछ ।
सामाजिक विषयवस्तु कथा बनाइएको फिल्म १५ दिन पालुङमा छायाँकनपछि बाँकी कामका लागि युनिट काठमाडौं फर्कनेछ ।
निर्देशक सुवर्णकै निर्माण रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, कालीप्रसाद बाँस्कोटा संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा