सहरी विकास मन्त्री साहले गरे दुईवटा सडकको उद्घाटन

रौतहट । सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटमा एकै दिन दुुईवटा सडकको उदघाटन गरेका छन् । मन्त्री साहले जिल्लाको गुुजरा नगरपालिकास्थित बाल्चनपुर जंगलसहिया र खतवहिया परसवा पक्की सडकको उदघाटन गरेका हुन् । सोही मन्त्रालयबाट स्वीकृत योजनाअनुसार बाल्चनपुर जंगलसहीया र खतवहिया परसवा पक्की सडक निर्माण हुन लागेको हो ।
रमन सगरमाथा जेभीद्वारा १६ करोड बढीको लागतमा बाल्चनपुर जंगलसहीयाको १० किलोमिटर र ९ करोड बढीको लागतमा खतवहिया परसवामा ७ किलोमिटर कालोपत्रे भएको सघन सहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रन्जन दासले जानकारी दिएका छन् ।
त्यसैगरी मन्त्री साहले बाल्चनपुर जंगलसैया सडकखण्ड अन्तरगत गुजरा नदीको पुलको पनि शिलान्यास गरेका छन् । उक्त पुलको कुल लागत ६ करोड, ८५ लाख ४३ हजार रहेको छ । पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिविजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए । सडक उद्घाटन कार्यक्रममा मन्त्री साहले कुनै पनि हालतमा अगामी बैशाख १७ र २७ गत निर्वाचन हुने उदघोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह
-
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
-
सुदूरपश्चिममा 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु
-
रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ