सुदूरपश्चिममा 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु
सारांश
- अनेरास्ववियु क्रान्तिकारीले 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु गरेको छ, जुन ३ महिनासम्म चल्नेछ।
- कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा माओवादी नेता खगराज भट्टले झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ गरे।
- अभियानले देशभर संगठन सुदृढीकरण र शैक्षिक जागरणका कार्यक्रमहरू गर्नेछ, जसमा विद्यार्थीका समस्याबारे संवाद पनि हुनेछ।
धनगढी । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु गरेको छ । ३ महिने सङ्गठन शुद्धीकरण अभियान स्वरूप क्रान्तिकारीले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान सुरु गरेको हो ।
सोमबार कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं अभियानका सुदूरपश्चिम कमान्डर उमेश कँडेललाई माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिमका कार्यवाहक इन्चार्ज खगराज भट्टले झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।अभियानको शुभारम्भ गर्दे प्रमुख अतिथि भट्टले अखिल क्रान्तिकारी हरेक विद्यार्थीका मनमा बस्नुपर्ने बताए ।
अभियानको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका विद्यार्थी इन्चार्ज लच्छीराम आचार्य, बैतडी पार्टीका जिल्ला संयोजक शङ्कर भण्डारी लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्रान्तिकारीले देशैभर ३ महिने सङ्गठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियान थालेको हो। अभियानकै क्रममा सोही क्याम्पास्का विधार्थीहरुसँग विद्यार्थीका समस्या र समाधान विषयक संवाद कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण